नेपाल सरकार
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
भूमि व्यवस्थापन तथा अभिलेख विभाग
मालपोत कार्यालय मेहलकुना, सुर्खेत
मेहलकुना, सुर्खेत

हाम्रो बारेमा

हाम्राे बारेमा ......

सुर्खेत जिल्लाको पूर्वि क्षेत्र साविक मेहेलकुना गा.वि.स. हाल गुर्भाकोट नगरपालिका वडा नं. ८ मा रहेको यस कार्यालयको स्थापना मिति २०७१ चैत्र १९ गते भएको हाे ।  यस कार्यालयको आफ्नै भवन निर्माणाधिन रहेको हुदा हाल घर भाडामा लिई कार्यालय संचालन गर्दै आएकाे छ । यस कार्यालयको कार्य क्षेत्रमा  सुर्खेत जिल्लाको साविकका घोरेटा आग्रीगाउ बजेडीचौर  खानीखोला डांडांखाली राकम काप्रीचाैर घुमखहरे दहचाैर गुमी धारापानी मालारानी सहारे मेहेलकुना मैनतडा रामघाट र  छिन्चु गा.वि.स. गरी १७ गा.वि.स. र हालको सिम्ता गाँउपालिका गुर्भाकोट नगरपालिका र भेरीगंगा नगरपालिका गरी ३ वटा स्थानिय तह रहेका छन् । यस कार्यालयमा  कम्प्यूटर   भू-सूचना प्रणाली DLIS SYSTEM बाट जग्गाधनी पुर्जा उपलब्ध गराउने गरिएको छ । यस अघि यहाँका जनता जग्गा सम्बन्धी कारोवार गर्न सुर्खेत जिल्लाको सदरमुकाम बीरेन्द्रनगर जानु पर्ने बाध्यता रहेकोमा यो कार्यालय स्थापना भएपिछ जग्गा सम्बन्धी काम गर्न यस क्षेत्रका सेवाग्राहीलाई सरल र सहजता भएको छ । 

यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© सर्वाधिकार सुरक्षित (भूमिसुधार तथा व्यवस्थापन विभाग)